१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः इन्टरलाई लिभरपुलले हरायो, बायर्नको बराबरी



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ। 

बुधबार राति भएको पहिलो लेगमा लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो। 

लिभरपुललाई जित दिलाउन खेलको ७५ औं मिनेटमा रोबर्टो फिर्मिनोले र ८३ औं मिनेटमा मोहमद सलाहले गोल गरे।

अब दोस्रो लेगको खेल लिभरपुलको मैदानमा मार्च ८ को मध्यरातमा हुनेछ। 

यस्तै, बुधबार राति नै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग बराबरी खेलेको छ। 

साल्जवर्गको मैदानमा भएको अन्तिम १६ को पहिलो लेगमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका हुन्। 

खेलको २१ औं मिनेटमा चुकुविक अडामुले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ९० औं मिनेटमा किंग्सले कोमानले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याए। 

अब यी दुई टिमबीचको दोस्रो लेग मार्च ९ मा मध्यरातमा बायर्नको मैदानमा हुनेछ।