२९ भाद्र २०८३, सोमबार
,
Latest
संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन



अ+ अ-

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ ।

यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । आज बिहान ५ः३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् । सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ ।