२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

जुत्तामा फिट गर्नका लागि खुट्टा काट्न नहुने चिनियाँ नेताको भनाइ

जुत्तामा फिट गर्नका लागि खुट्टा काट्न नहुने चिनियाँ नेताको भनाइ
अ अ+ अ-

'जुत्तामा फिट गर्नका लागि कसैको खुट्टा काटेर कतै पुगिदैन'चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले जुलाई ६ तारिख मंगलबार बेलुका व्यक्त गरेको विचार हो यो। 'जनताको हितका लागि: राजनीतिक दलहरूको उत्तरदायित्व' शीर्षकमा आयोजित सीपीसी र विश्वका राजनीतिक दलहरुबीचको शिखर सम्मेलनमा चिनियाँ नेता सीले सम्बोधन गर्ने क्रममा उक्त विचार व्यक्त गरेका हुन्। प्रत्येक देशले आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउन गरिने सबै प्रयासहरु सम्मान योग्य रहेको कुरामा उनले जोड दिएका छन्।

आधुनिक युग आविष्कारको जमाना हो। मान्छेका आवश्यकता अनुसारका विभिन्न सामग्रीहरु आविष्कार हुँदै आएका छन्। कसैका खुट्टा साना हुन्छन् त कसैका ठूला। अनि कसैका लाम्चा हुन्छन् भने कसैका छोटा। खुट्टा जत्रासुकै भए पनि बजारमा खुट्टालाई मिल्ने खालका जुत्ता पाइन्छन्। यदि कुनै कारखानाले पहिले नै बनिबनाउन जुत्ता बजारमा ल्याएर ग्राहकलाई जबर्जस्ती भिडाउँदै 'जुत्ताको साइज यही हो तपाईंको खुट्टामा मिल्दैन भने खुट्टा काटेर मिलाउनुपर्छ' भन्छ भने साँच्चै कसैले खुट्टा काटेर जुता मिलाउँछ र? कसैले जुत्तामा फिट गर्नका लागि खुट्टा काट्यो भने हिँड्नका लागि उसैलाई समस्या पर्छ।

अहिलेको समय एक्काईसौँ शताब्दीको स्मार्ट युग हो। कोही कसैले झुक्याएर आफ्नो विचार लाध्न खोजेमा ऊ आफैँ वहिस्कृत हुन्छ। चिनियाँ नेता सीको 'जुत्तामा फिट गर्नका लागि खुट्टा काट्नु हुँदैन' भनाइको गहन अर्थ छ। यसले नयाँ वसह सिर्जना गर्दछ। सीले उक्त भनाइसँगै भनेका छन् 'प्रत्येक देशले आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउन गरिने सबै प्रयासहरु सम्मान योग्य छन्।' पछिल्लो समय चीनले बीआरआई मार्फत सबै मुलुकलाई विकास साझेदार बनाउने अभियान सुरु गरेको छ। अमेरिका लगायत पश्चिमा जगतले चीनको यो अभियानलाई विश्वमा प्रभुत्व लाध्न खोजेको भनेर बिरोध गर्दै आएका छन्। चीनले स्पष्ट रुपमा भन्दै आएको छः चीन हिजो पनि प्रभुत्व लाध्ने मनसायमा थिएन, आज पनि छैन र भोलि पनि त्यस्तो प्रभुत्व लाध्ने काममा लाग्दैन।

जुलाई १ तारिख बेइजिङमा आयोजित सीपीसीको एक सयौँ वार्षिकोत्सव समारोहमा पनि सीले यही कुरामा जोड दिएका थिए। विश्वका १ सय ६० वटा देशबाट ५ सय भन्दा बढी राजनीतिक दलका एक हजारभन्दा सहभागी रहेको उक्त भर्चुअल शिखर सम्मेलनमा पनि सीले यही कुरा दोहोर्यालएका छन्। सबै मुलुकलाई अरुको प्रभुत्व स्वीकार गर्नु हुँदैन भन्नका लागि नै चिनियाँ नेता सीले प्रत्येक देशलाई आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउने अधिकार भएको र त्यस्ता प्रयासको सम्मान गर्नु पर्ने बताएका हुन्।

चीनले कहिले पनि वर्चस्व, विस्तार वा प्रभावको क्षेत्र नखोज्ने र विकासशील विश्वको सदस्य रहने कुरामा उनले जोड दिए। बहुपक्षीय भेषमा गरिएको एकतर्फी प्रथाको विरोध गर्न ठोस प्रयास गर्न आग्रह गर्ने नेता सीले भने, 'हामीले बहुपक्षीय भेषमा गरिएको एकतर्फी प्रथाका बिरूद्ध उभिनै पर्छ र प्रभुत्ववादी सत्ताको राजनीतिलाई अस्वीकार गर्नैपर्छ।'

प्रजातन्त्र के हो र कस्तो हुनुपर्छ भन्ने कुरामा पनि चिनियाँ राष्ट्रपति सी चिनफिङले जोडदार तर्क अगाडि सारेका छन्। प्रजातन्त्र भनेको केही व्यक्तिलाई मात्र विशेष सुविधा प्रदान गनुको सट्टा सबै व्यक्तिको अधिकार हो भन्दै उनले भने, एकल प्रभुत्वको सट्टा प्रजातन्त्र महसुस गर्ने धेरै तरिका र साधनहरू छन्। कुनै देश प्रजातान्त्रिक हो कि होइन भन्ने कुरा त्यहीँका जनसमूहले निर्धारण गर्दछन् न किमुठ्ठीभरले व्यक्तिहरुले। जनकल्याणका लागि विभिन्न मार्गहरू रहेका र सबै देशका मानिसहरू आफ्नै विकास मार्ग र संस्थागत मोडलहरू छनोट गर्न योग्य रहेको पनि उनले बताए।

सीपीसी र चीन सरकारप्रति ९५ प्रतिशत चिनियाँहरु विश्वस्त र खुशी छन्। यो तथ्य स्वयं अमेरिकी अनुसन्धानबाट पुष्टि भएको हो। आफ्ना नागरिकलाई गरिबीबाट मुक्त गरेर चीनले लोकप्रिय मानव अधिकारको पुष्टि गरेको छ भने बेलैमा बैज्ञानिक ढङ्गबाट कोभिड नियन्त्रण गरेर मान्छेको बाँच्न पाउने पाउने अधिकारको संरक्षण गरेको छ। चीनले पछिल्लो ८ वर्षमा ९ करोड ८९ लाख ९० हजार नागरिकलाई निरपेक्ष गरिबीबाट मुक्त गरेको छ। उनीहरुको बाँच्न पाउने अधिकारको संरक्षण गरेको छ। तर अमेरिकाले आफ्ना नागरिकको बाँच्न पाउने अधिकारलाई बेवास्ता गर्ने अनि 'मानव अधिकार'को मुखुण्डो लगाउने गरेका छन्। तसर्थ चिनियाँ नेता सीले हरेक देशको विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउने अधिकारको सम्मान गर्नु पर्ने किटानी गरेका हुन्।

शिखर सम्मेलनको उद्घाटन सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले सबै देशहरूलाई सहयोगका लागि खुला रहने प्रवृत्ति अपरिवर्तित रहने भन्दै सीपीसी विश्वव्यापी राजनीतिक दलहरुसँग संचार अभिवृद्धि गर्न इच्छुक रहेको र आर्थिक भूमण्डलीकरणको दिशामा बढी खुला, समावेशी, साझा, सन्तुलित र साझा जीत जस्ता दिशामा अगाडि बढ्ने बताए। उनले बीआरआई मार्फत उच्च गुणस्तरीय विकासमा सहयोग सुधार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य बढाउँदै वैदेशिक सम्पर्कलाई बढावा दिन थप देशहरूलाई विकासका नतिजाहरू बाँड्न सक्षम तुल्याउन पनि आग्रह गरे।

सीले शिखर सम्मेलनमा सहभागी सबै नेतालाई भने 'त्यहाँ आधुनिकीकरणको बाटोमा आउँदा कुनै निश्चित मोडेल आवश्यक छैन। तपाईंलाई राम्रो लागेको व्यक्तिले राम्रोसँग सेवा पुर्यािउँछ।' सीपीसी सँधै वास्तविकतामा अडिग रहेको र चिनियाँ जनतालाई चिनियाँ विशेषताहरु सहितको समाजवादी मार्गको अन्वेषण गर्न सीपीसीले उक्साएको भन्दै इतिहास र अभ्यासले सीपीसीलाई प्रमाणित गरिसकेको नेता सीले बताए। सीपीसीले विश्वव्यापी शासनको सुधारलाई सक्रियरुपमा प्रवर्द्धन गर्ने र मानवजातिको संयुक्त प्रयासमा नयाँ योगदान पुर्याशउने कुरामा उनले जोड दिए। सीले स्पष्ट औँल्याउँदै भने 'बहुपक्षीय भेषमा गरिएको एकतर्फी प्रथाका बिरूद्ध उभिनै पर्छ र प्रभुत्व लाध्ने राजनीतिलाई अस्वीकार गर्नुपर्दछ।' अन्तर्राष्ट्रिय नियमहरूलाई सबै देशहरूले सहमति जनाउनुपर्ने उल्लेख गर्दै केही देशका नियमलाई अनुसरण गर्न कोही पनि वाध्य नभएको कुरामा जोड दिए। उनले देशहरूबीचको सहकार्य केही देशको हितका लागि मात्र नभई सम्पूर्ण मानवजातिलाई सेवा दिने हुनुपर्ने दोहोर्z ए।

'जुत्तामा फिट गर्नका लागि कसैको खुट्टा काटेर कतै पुगिदैन'चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले जुलाई ६ तारिख मंगलबार बेलुका व्यक्त गरेको विचार हो यो। 'जनताको हितका लागि: राजनीतिक दलहरूको उत्तरदायित्व' शीर्षकमा आयोजित सीपीसी र विश्वका राजनीतिक दलहरुबीचको शिखर सम्मेलनमा चिनियाँ नेता सीले सम्बोधन गर्ने क्रममा उक्त विचार व्यक्त गरेका हुन्। प्रत्येक देशले आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउन गरिने सबै प्रयासहरु सम्मान योग्य रहेको कुरामा उनले जोड दिएका छन्।

आधुनिक युग आविष्कारको जमाना हो। मान्छेका आवश्यकता अनुसारका विभिन्न सामग्रीहरु आविष्कार हुँदै आएका छन्। कसैका खुट्टा साना हुन्छन् त कसैका ठूला। अनि कसैका लाम्चा हुन्छन् भने कसैका छोटा। खुट्टा जत्रासुकै भए पनि बजारमा खुट्टालाई मिल्ने खालका जुत्ता पाइन्छन्। यदि कुनै कारखानाले पहिले नै बनिबनाउन जुत्ता बजारमा ल्याएर ग्राहकलाई जबर्जस्ती भिडाउँदै 'जुत्ताको साइज यही हो तपाईंको खुट्टामा मिल्दैन भने खुट्टा काटेर मिलाउनुपर्छ' भन्छ भने साँच्चै कसैले खुट्टा काटेर जुता मिलाउँछ र? कसैले जुत्तामा फिट गर्नका लागि खुट्टा काट्यो भने हिँड्नका लागि उसैलाई समस्या पर्छ।

अहिलेको समय एक्काईसौँ शताब्दीको स्मार्ट युग हो। कोही कसैले झुक्याएर आफ्नो विचार लाध्न खोजेमा ऊ आफैँ वहिस्कृत हुन्छ। चिनियाँ नेता सीको 'जुत्तामा फिट गर्नका लागि खुट्टा काट्नु हुँदैन' भनाइको गहन अर्थ छ। यसले नयाँ वसह सिर्जना गर्दछ। सीले उक्त भनाइसँगै भनेका छन् 'प्रत्येक देशले आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउन गरिने सबै प्रयासहरु सम्मान योग्य छन्।' पछिल्लो समय चीनले बीआरआई मार्फत सबै मुलुकलाई विकास साझेदार बनाउने अभियान सुरु गरेको छ। अमेरिका लगायत पश्चिमा जगतले चीनको यो अभियानलाई विश्वमा प्रभुत्व लाध्न खोजेको भनेर बिरोध गर्दै आएका छन्। चीनले स्पष्ट रुपमा भन्दै आएको छः चीन हिजो पनि प्रभुत्व लाध्ने मनसायमा थिएन, आज पनि छैन र भोलि पनि त्यस्तो प्रभुत्व लाध्ने काममा लाग्दैन। जुलाई १ तारिख बेइजिङमा आयोजित सीपीसीको एक सयौँ वार्षिकोत्सव समारोहमा पनि सीले यही कुरामा जोड दिएका थिए। विश्वका १ सय ६० वटा देशबाट ५ सय भन्दा बढी राजनीतिक दलका एक हजारभन्दा सहभागी रहेको उक्त भर्चुअल शिखर सम्मेलनमा पनि सीले यही कुरा दोहोर्यालएका छन्। सबै मुलुकलाई अरुको प्रभुत्व स्वीकार गर्नु हुँदैन भन्नका लागि नै चिनियाँ नेता सीले प्रत्येक देशलाई आफ्नो विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउने अधिकार भएको र त्यस्ता प्रयासको सम्मान गर्नु पर्ने बताएका हुन्।

चीनले कहिले पनि वर्चस्व, विस्तार वा प्रभावको क्षेत्र नखोज्ने र विकासशील विश्वको सदस्य रहने कुरामा उनले जोड दिए। बहुपक्षीय भेषमा गरिएको एकतर्फी प्रथाको विरोध गर्न ठोस प्रयास गर्न आग्रह गर्ने नेता सीले भने, 'हामीले बहुपक्षीय भेषमा गरिएको एकतर्फी प्रथाका बिरूद्ध उभिनै पर्छ र प्रभुत्ववादी सत्ताको राजनीतिलाई अस्वीकार गर्नैपर्छ।'

अमेरिकाले मानव अधिकार र प्रजातन्त्रको नाममा कयौँ मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्दै आएको छ। अफगानिस्तान, सिरिया, इरान, इराकलाई उदाहरणका रुपमा लिन सकिन्छ। हरेक व्यक्तिले बाँच्न पाउनुपर्छ भन्ने आधारभूत सिद्धान्त नै मानव अधिकारको प्रारम्भिक बिन्दु हो। आफ्नै मुलुकभित्र कोरोना नियन्त्रण गर्न नसकेर अमेरिकामा ६ लाखभन्दा बढीको ज्यान गएको छ। आफ्ना नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण नगरेर अमेरिका चीनमाथि हिलो छ्याप्न व्यस्त रह्यो। महामारीमा मात्र नभई सानातिना दुर्घटना तथा प्रकोपबाट पनि आफ्ना नागरिकलाई बचाउन अमेरिका असफल रहँदै आएको छ।

गत जुन २४ तारिख अमेरिकाको फ्लोरिडा राज्यमा एउटा १२ तले आवासगृह ढल्यो। उक्त आवास गृह ढलेको दसदिनपछि अमेरी सीएनबीसीले दिएको समाचारले अमेरिकी कार्यशैलीमाथि झापट हानेको छ। समाचारका अनुसार भवन भत्किएको दस दिनसम्ममा २४ जनाको मृत्यु हुनुका साथै १२१ जना पुरिएका थिए। भग्नावशेषमुनि कुनै मान्छे बाँच्न सक्ने समय भनेको ७२ घण्टा हो। अघिल्लो २४ घण्टाभित्र उद्दार गर्ने विश्व परिपाटी छ। उक्त भवन ढलेको १६ घण्टापछि बल्ल त्यहाँ उद्दार टोली पुगेको थियो। एकातिर उद्दार टोलीले सुस्त रुपमा इँटा पस्नाएको समाचारका दृश्य प्रसारण गरिँदै थिए भने दस दिनपछि पनि अमेरिकी अधिकृतहरु पत्रकार सम्मेलनमा 'अझ आशा बाँकी रहेको' दाबी गरिरहेका थिए। सीएनबीसीले यसबारे टिप्पणी गर्दै भनेको छ 'अमेरिकी सरकार र उद्दार टोलीको काम मान्छे मारेको अपराध कार्य जस्तै बनेको छ।' मानव अधिकारको ढोल पिटेर नथाक्ने अमेरिकाले आफ्नै नागरिकलाई बचाउन सकेको छैन अथवा प्रयास पनि गरेको छैन तर अन्य राष्ट्रमाथि यही निहुँमा बारम्बार हस्तक्षेप गर्दै आएको छ।

अन्य मुलुकमाथि हस्तक्षेप गर्ने अर्को अमेरिकी हतियार हो प्रजातन्त्र। प्रजातन्त्र के हो र कस्तो हुनुपर्छ भन्ने कुरामा पनि चिनियाँ राष्ट्रपति सी चिनफिङले जोडदार तर्क अगाडि सारेका छन्। प्रजातन्त्र भनेको केही व्यक्तिलाई मात्र विशेष सुविधा प्रदान गनुको सट्टा सबै व्यक्तिको अधिकार हो भन्दै उनले भने, एकल प्रभुत्वको सट्टा प्रजातन्त्र महसुस गर्ने धेरै तरिका र साधनहरू छन्। कुनै देश प्रजातान्त्रिक हो कि होइन भन्ने कुरा त्यहीँका जनसमूहले निर्धारण गर्दछन् न किमुठ्ठीभरले व्यक्तिहरुले। जनकल्याणका लागि विभिन्न मार्गहरू रहेका र सबै देशका मानिसहरू आफ्नै विकास मार्ग र संस्थागत मोडलहरू छनोट गर्न योग्य रहेको पनि उनले बताए।

सीपीसी र चीन सरकारप्रति ९५ प्रतिशत चिनियाँहरु विश्वस्त र खुशी छन्। यो तथ्य स्वयं अमेरिकी अनुसन्धानबाट पुष्टि भएको हो। आफ्ना नागरिकलाई गरिबीबाट मुक्त गरेर चीनले लोकप्रिय मानव अधिकारको पुष्टि गरेको छ भने बेलैमा बैज्ञानिक ढङ्गबाट कोभिड नियन्त्रण गरेर मान्छेको बाँच्न पाउने पाउने अधिकारको संरक्षण गरेको छ। चीनले पछिल्लो ८ वर्षमा ९ करोड ८९ लाख ९० हजार नागरिकलाई निरपेक्ष गरिबीबाट मुक्त गरेको छ। उनीहरुको बाँच्न पाउने अधिकारको संरक्षण गरेको छ। तर अमेरिकाले आफ्ना नागरिकको बाँच्न पाउने अधिकारलाई बेवास्ता गर्ने अनि 'मानव अधिकार'को मुखुण्डो लगाउने गरेका छन्। तसर्थ चिनियाँ नेता सीले हरेक देशको विशिष्ट राष्ट्रिय अवस्थाको आधारमा स्वतन्त्र रूपमा आधुनिकीकरणको बाटो पत्ता लगाउने अधिकारको सम्मान गर्नु पर्ने किटानी गरेका हुन्।

शिखर सम्मेलनको उद्घाटन सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले सबै देशहरूलाई सहयोगका लागि खुला रहने प्रवृत्ति अपरिवर्तित रहने भन्दै सीपीसी विश्वव्यापी राजनीतिक दलहरुसँग संचार अभिवृद्धि गर्न इच्छुक रहेको र आर्थिक भूमण्डलीकरणको दिशामा बढी खुला, समावेशी, साझा, सन्तुलित र साझा जीत जस्ता दिशामा अगाडि बढ्ने बताए। उनले बीआरआई मार्फत उच्च गुणस्तरीय विकासमा सहयोग सुधार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य बढाउँदै वैदेशिक सम्पर्कलाई बढावा दिन थप देशहरूलाई विकासका नतिजाहरू बाँड्न सक्षम तुल्याउन पनि आग्रह गरे।

सीले शिखर सम्मेलनमा सहभागी सबै नेतालाई भने 'त्यहाँ आधुनिकीकरणको बाटोमा आउँदा कुनै निश्चित मोडेल आवश्यक छैन। तपाईंलाई राम्रो लागेको व्यक्तिले राम्रोसँग सेवा पुर्यािउँछ।' सीपीसी सँधै वास्तविकतामा अडिग रहेको र चिनियाँ जनतालाई चिनियाँ विशेषताहरु सहितको समाजवादी मार्गको अन्वेषण गर्न सीपीसीले उक्साएको भन्दै इतिहास र अभ्यासले सीपीसीलाई प्रमाणित गरिसकेको नेता सीले बताए। सीपीसीले विश्वव्यापी शासनको सुधारलाई सक्रियरुपमा प्रवर्द्धन गर्ने र मानवजातिको संयुक्त प्रयासमा नयाँ योगदान पुर्याशउने कुरामा उनले जोड दिए। सीले स्पष्ट औँल्याउँदै भने 'बहुपक्षीय भेषमा गरिएको एकतर्फी प्रथाका बिरूद्ध उभिनै पर्छ र प्रभुत्व लाध्ने राजनीतिलाई अस्वीकार गर्नुपर्दछ।' अन्तर्राष्ट्रिय नियमहरूलाई सबै देशहरूले सहमति जनाउनुपर्ने उल्लेख गर्दै केही देशका नियमलाई अनुसरण गर्न कोही पनि वाध्य नभएको कुरामा जोड दिए। उनले देशहरूबीचको सहकार्य केही देशको हितका लागि मात्र नभई सम्पूर्ण मानवजातिलाई सेवा दिने हुनुपर्ने दोहोर्या ए।

कोभिड खोपका बारेमा चिनियाँ राष्ट्रपतिले थप केही कुरा बोल्छन् कि भन्ने विश्व समुदायको अपेक्षा थियो। उक्त अपेक्षा अनुसार नै उनले विकासोन्मुख देशहरूका लागि खोप प्राथमिकता हुनुपर्ने र यो सस्तो पनि हुनुपर्ने बताउँदै उचित पहुँचलाई चीनले प्रबर्द्धन गर्ने स्पष्ट पारे। उनले विश्वव्यापी राजनीतिक दलहरुलाई कोभिड महामारीलाई राजनीतिकरण गर्ने वा भाइरसको लागि भौगोलिक बदनामीमा संलग्न हुने प्रचलनको विरोध गर्न आग्रह पनि गरे। उनले कोभिडको विज्ञानसम्वत तरिकाले सामना गर्दै एकता र सहयोग मार्फत यसलाई परास्त गर्नु पर्ने औँल्याए। यस्ता कार्यले खोपको खाडल पनि बन्द गर्न सकिने नेता सीले बताए। चीनले कोभिड खोपलाई सार्वजनिक वस्तु मान्दै यसको पेटेन्ट अधिकार आफूले नराख्ने कुरालाई विगत एक वर्षदेखि बारम्बार दोहोर्या्उँदै आएको छ। आफ्नो भनाइलाई चीनले पछिल्लो समय व्यवहारमा पनि उतारेको छ।

साझा मानव भाग्य समुदायको नारा घन्काउँदै आएको चीनले साझा हित र साझा विकासलाई यस शिखर सम्मेलनमा पनि उठाएको छ। चिनियाँ नेता सीले सम्पूर्ण मानवजातिको हितको बाटोमा हिँड्दा कुनै पनि देश छुट्नु हुँदैन भन्दै सबै देश र राष्ट्रहरूमा समान अवसर उपलब्ध हुने बताए। उनले विभिन्न देशका राजनीतिक दलहरुलाई साझा भविष्यका लागि विश्वव्यापी समुदायको धारणा अपनाउन आह्वान पनि गरे।

'जनताको हितका लागि: राजनीतिक दलहरूको उत्तरदायित्व' शीर्षकमा आयोजित सीपीसी र विश्वका राजनीतिक दलहरुबीचको उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा चिनियाँ नेता सीले मानव अधिकार र प्रजातन्त्रको परिभाषा बदल्नुपर्ने संकेत गरेका छन्। उनले प्रभुत्वाद र एकात्मकताको विरोध गर्दै साझा मानव भाग्य समुदाय निर्माण गरी सहकार्य गर्न सबैमा जोड दिएका छन्। गरिबी निवारण, कोभिड खोप र विकासका प्रतिफल बाढ्न चीन तयार रहेको भन्दै विश्वलाई साझा भाग्य समुदायमा डोर्याभउनुपर्ने कुरामा जोड दिए। उनको सम्बोधनका मुख्य विषय अमेरिका लक्षित थियो। अमेरिकाले विश्वमा प्रभुत्व जमाउनका लागि उसले बनाएका जुत्तामा फिट गराउनका लागि खुट्टा काट्नु पर्ने अवस्थाको अन्त्य गर्नु पर्ने विषय सी चिनफिङले उठाएका हुन्।