२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरी झगडा गरेको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । ‘म्याकुरी’ नामबाट परिचित कलाकार पवन खतिवडालाई प्रहरीले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनीसहि दुई जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो ।

स्थानीयले प्रहरीलाई होटलबाट बाहिर निस्किएर झगडा गरेको खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन् ।

पिडित पक्ष ईलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने प्रहरीले जनाएको छ । पिडितलाई उपचारका लागि अस्पताल लगिएको छ ।