२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक १ घण्टाभन्दा बढी हेडफोन प्रयोग गर्दा श्रवण क्षमतामा कमि आउने



अ+ अ-

एजेन्सी । हामी मध्ये धेरैले काम गर्दा वा गीत सुन्दा हेडफोन वा इयरफोनको प्रयोग गर्छौं । अध्ययनका अनुसार मानिसहरु सामान्यतया दिनको ३ देखि ४ घण्टा इयरफोन प्रयोग गर्छन् ।

तर, के तपाईलाई थाहा छ यसलाई लामो समयसम्म प्रयोग गर्दा कानलाई मात्र हानी गर्दैन, तपाईको श्रवण क्षमतामा पनि कमी आउन सक्छ ।

ई एण्ड टी विशेषज्ञ डा अंकुर सिंहका अनुसार ६० मिनेटभन्दा बढी हेडफोन र इयरफोन प्रयोग गर्नु हानिकारक हुन सक्छ तर भोल्युम कम भएमा एक घण्टाभन्दा बढी प्रयोग गर्न सकिन्छ । अर्कोतर्फ यसको लगातार प्रयोग गरेमा टाउको दुख्ने, मुटुको समस्या र कान दुख्ने जस्ता समस्या हुन सक्छ ।

यदि तपाइँ पनि उच्च मात्रामा हेडफोन र इयरफोन प्रयोग गर्नुहुन्छ भने, यो तपाइँको स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । इयरफोनमा १०० डीबी सम्मको आवाज आउन सक्छ, जुन तपाईंको कानलाई हानि पुर्‍याउन पर्याप्त हुन्छ ।

चिकित्सकहरुका अनुसार ८५ डीबीभन्दा माथिको आवाज लामो समयसम्म सुन्दा कानमा क्षति पुग्न सक्छ । ७५ डीबीभन्दा कम आवाज हाम्रो कानको लागि सही मानिन्छ ।

हेडफोनले कानमा तातो पैदा गर्छ, जसले ब्याक्टेरियाको कारणले कानमा संक्रमण हुने जोखिम बढाउन सक्छ । वास्तवमा, लामो समयसम्म इयरफोन लगाउनाले कानको स्नायुमा दबाब पर्छ, जसका कारण नसाहरू सुन्निन्छन् ।

यसको प्रयोगले कानमा कम्पन हुन्छ, जसका कारण श्रवण कोशिकाहरू नराम्ररी प्रभावित हुन्छन् । यही कारणले गर्दा कहिलेकाहीँ हेडफोनको प्रयोगले कान दुख्ने गर्छ । अर्कोतर्फ, अत्याधिक प्रयोगले सुन्ने क्षमता घट्छ । यसका साथसाथै टाउको दुख्ने सम्भावना पनि हुन्छ ।




भर्खरै