२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक १ घण्टाभन्दा बढी हेडफोन प्रयोग गर्दा श्रवण क्षमतामा कमि आउने



अ+ अ-

एजेन्सी । हामी मध्ये धेरैले काम गर्दा वा गीत सुन्दा हेडफोन वा इयरफोनको प्रयोग गर्छौं । अध्ययनका अनुसार मानिसहरु सामान्यतया दिनको ३ देखि ४ घण्टा इयरफोन प्रयोग गर्छन् ।

तर, के तपाईलाई थाहा छ यसलाई लामो समयसम्म प्रयोग गर्दा कानलाई मात्र हानी गर्दैन, तपाईको श्रवण क्षमतामा पनि कमी आउन सक्छ ।

ई एण्ड टी विशेषज्ञ डा अंकुर सिंहका अनुसार ६० मिनेटभन्दा बढी हेडफोन र इयरफोन प्रयोग गर्नु हानिकारक हुन सक्छ तर भोल्युम कम भएमा एक घण्टाभन्दा बढी प्रयोग गर्न सकिन्छ । अर्कोतर्फ यसको लगातार प्रयोग गरेमा टाउको दुख्ने, मुटुको समस्या र कान दुख्ने जस्ता समस्या हुन सक्छ ।

यदि तपाइँ पनि उच्च मात्रामा हेडफोन र इयरफोन प्रयोग गर्नुहुन्छ भने, यो तपाइँको स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । इयरफोनमा १०० डीबी सम्मको आवाज आउन सक्छ, जुन तपाईंको कानलाई हानि पुर्‍याउन पर्याप्त हुन्छ ।

चिकित्सकहरुका अनुसार ८५ डीबीभन्दा माथिको आवाज लामो समयसम्म सुन्दा कानमा क्षति पुग्न सक्छ । ७५ डीबीभन्दा कम आवाज हाम्रो कानको लागि सही मानिन्छ ।

हेडफोनले कानमा तातो पैदा गर्छ, जसले ब्याक्टेरियाको कारणले कानमा संक्रमण हुने जोखिम बढाउन सक्छ । वास्तवमा, लामो समयसम्म इयरफोन लगाउनाले कानको स्नायुमा दबाब पर्छ, जसका कारण नसाहरू सुन्निन्छन् ।

यसको प्रयोगले कानमा कम्पन हुन्छ, जसका कारण श्रवण कोशिकाहरू नराम्ररी प्रभावित हुन्छन् । यही कारणले गर्दा कहिलेकाहीँ हेडफोनको प्रयोगले कान दुख्ने गर्छ । अर्कोतर्फ, अत्याधिक प्रयोगले सुन्ने क्षमता घट्छ । यसका साथसाथै टाउको दुख्ने सम्भावना पनि हुन्छ ।