५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको भिटोबारे छलफल गरौँ– प्रदीप यादव(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले यसअघि संसद्ले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको बताउनुभयो ।

उहाँले दुई पटकससम्म संघीय संसद्ले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएकाले राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुनुपर्ने बताउनुभयो । संविधान जारी भएको ८ वर्षसम्म संविधानअनुसार नागरिकता ऐन नबन्नु दुःखद हो भन्दै उहाँले नागरिकता ऐन संशोधन नहुँदा ६ लाखभन्दा बढी नागरिक नागरिकताविहीन हुनुपरेको बताउनुभयो ।

बुबा, आमा, काका, काकी नेपाली नागरिक तर बालिग सन्तान अनागरिक कसरी हुन्छन् भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “कुनै कुनै त दाइ दिदी नागरिक र भाइ बहिनी अनागरिक भएको स्थिति पनि छ ।” अझै पनि नागरिकता विधेयक सदनमा ल्याउन र पारित गर्नमा ढिलाइ भए सदन र सडकमा आन्दोलन चर्काउने चेतावनी सांसद यादवले दिनुभयो ।