२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको भिटोबारे छलफल गरौँ– प्रदीप यादव(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले यसअघि संसद्ले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको बताउनुभयो ।

उहाँले दुई पटकससम्म संघीय संसद्ले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएकाले राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुनुपर्ने बताउनुभयो । संविधान जारी भएको ८ वर्षसम्म संविधानअनुसार नागरिकता ऐन नबन्नु दुःखद हो भन्दै उहाँले नागरिकता ऐन संशोधन नहुँदा ६ लाखभन्दा बढी नागरिक नागरिकताविहीन हुनुपरेको बताउनुभयो ।

बुबा, आमा, काका, काकी नेपाली नागरिक तर बालिग सन्तान अनागरिक कसरी हुन्छन् भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “कुनै कुनै त दाइ दिदी नागरिक र भाइ बहिनी अनागरिक भएको स्थिति पनि छ ।” अझै पनि नागरिकता विधेयक सदनमा ल्याउन र पारित गर्नमा ढिलाइ भए सदन र सडकमा आन्दोलन चर्काउने चेतावनी सांसद यादवले दिनुभयो ।