२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । एशोसिएसनले बुधबार विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौती, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो । 

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसियसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताउनुभयो । त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटरहरु पनि प्रदान गरेको छ । 

यसअघि कुनैपनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्यचौकीहरुलाई कन्सनट्रेटर प्रदान गरिनेपनि जनाइएको छ । दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले जानकारी दिनुभयो । 

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपतकालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।