२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बलिउडका लिजेन्ड दिलीप कुमार



अ+ अ-

काठमाडौं । बलिउडका लिजेन्ड अभिनेता दिलीप कुमारको निधन भएको छ । 

उनको बुधबार बिहान ९८ वर्षको उमेरमा ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा े निधन भएको सो अस्पतालका डाक्टरले जनाएका छन् ।

११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । २२ वर्षको उमेरमा नै उनी फिल्मी क्षेत्रमा लागेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाउन सकेन ।

उनले करिब पाँच दशकको करियरमा करिब ६० वटा फिल्ममा काम गरे । थोरै भएपनि राम्रो हुनुपर्छ भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।

उनका चर्चित फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहेको छ । उनको अन्तिम फिल्म किला ( १९९८ ) हो।

दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।

२००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा उनलाई दादा साहेब फाल्के अवार्ड पनि मिल्यो ।