• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा

३६ हजारको हताहतिसँगै टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्वको ध्यान केन्द्रित



एजेन्सी । कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ ।

अकल्पनीय क्षतिले निम्त्याएको मानवीय सङ्कटलाई सम्बोन गर्न, घरबार बिहीन भएका लाखौँलाई सहयोग गर्न, उनीहरूका निम्ति गाँस र बासको व्यवस्थातर्फ उनीहरूको ध्यान केन्द्रित भएको हो । भूकम्पका कारण रसदपानीको अभाव र चरम चिसोले नराम्ररी पिरोलिएका भूकम्पपीडित भग्नावशेषमा आफन्तलाई जीवितै फेला पार्ने आश मारेर बसेका छन् । यद्यपि खोज तथा उद्धार जारी छ ।

हालसम्म १२ लाख भूकम्पपीडितलाई विद्यार्थीका आवासमा अस्थायी रूपमा व्यवस्थापन गरिएको, दुई लाख छ हजारभन्दा बढी पाल टाँगेर बासको व्यवस्था गरिएको तथा चार लाख पीडितलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको टर्कीए सरकारले जनाएको छ । भत्किएका भवनका भग्नावशेषबाट जीवित उद्धार गरिएका पाँच सय ७४ जना बालबालिकामध्ये ७६ जनालाई तिनका अभिभावकसमक्ष सुम्पिइएको छ । धेरैका आमाबाबु अझै बेपत्ता छन् । उनीहरू बोल्न नसक्ने भएकाले उनीहरूका अभिभावक पत्ता लगाउन कठिन भएको उनीहरूको भनाइ छ ।

भैँचालोले तहसनहस भएको टर्कीएको अन्टाक्या शहरका केही स्थानमा टेलिफोन नेटवर्क सञ्चालनमा आएको, भग्नावशेष पन्छाउँदै शौचालय निर्माण थालिएको छ । शहरमा लुटपाटका घटना दोहोरिन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । खाद्यान्न र अन्य सहायता सामग्री बोकेका सवारी साधन आइरहेका छन् ।

प्रारम्भिक आकलनअनुसार टर्कीएमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झण्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन । विद्रोहीको नियन्त्रण्मा रहेका सिरियाली भूभागमा राहत सामग्री कसरी पु¥याउने भन्ने चिन्ताबाट संयुक्त राष्ट्रसङ्घ मुक्त हुन सकेको छैन । दुवै देशका पीडितहरू समयमै सहायता प्राप्त नभएकामा आक्रोशित छन् ।

सिरियाका राष्ट्रपति बसर अल असदले ध्वस्त भएका देशका भौतिक पूर्वाधार निर्माणमा मद्दत गर्न अन्तर्राष्ट्रिय सहयोगा निम्ति आह्वान गरेका छन् । करिब ५० लाख सिरियाली युद्धसँगै भूकम्पबाट घरबारविहीन भएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियामा मानवीय सहायता परिचालन गर्न उत्तरपश्चिम सिरियाका दुई वटा नाका खोल्न राष्ट्रपति असद सहमत भएको बताएका छन् ।

सिरियाको यातायात मन्त्रालयका एक जना अधिकारीका अनुसार हालसम्म राहत सामग्री लिएर विभिन्न देशका ६२ विमान सिरिया आएका छन् । आगामी दिन थप सहायता सामग्री प्राप्त हुने अपेक्षा गरिएको उनले बताएका छन् । साउदी अरबबाट थप सहायता प्राप्त हुने उनको विश्वास छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले घर भत्केका लाखौँ सिरियालीलाई अधिकभन्दा अधिक सहायता आवश्यक भएको बताएका छन् । सोमबार सुडानले ३० टन राहत सामग्री पठाएको छ । सोमबार नै अस्थायी आवास निर्माणमा प्रयोग हुने सामान बोकेका मालबाहक सवारी साधन टर्कीएबाट उत्तरपश्चिम सिरिया पुगेका छन् ।