२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा कस्मेटिक राजनीति भयोः खिमलाल भट्टराई (भिडियो सहित)



अ+ अ-

काठमाडौं। नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो “राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौ मेरो यो अनुरोध छ। ”वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उहाँले सरकारका कामकारवाहीको बचाउ गर्नुभयो । उहाँले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिदैन र बैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संबैधानिक हुनजान्छ भन्ने मलाई लाग्छ ।” उहाँले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो ? भनी प्रश्न गर्नुभयो ।

उहाँले सरकार बनाईदिनुपर्यो भनेर अदालतमा मुद्धा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पुर्व प्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौति दिनुभयो । उहाँले भन्नुभयो “म चुनौति दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन । ” उहाँले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गर्नुभयो ।