२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडपाण्डाको छाला सहित २ जना पक्राउ



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपलिका-४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कशपका संचालक भारत मोतिहारी केशरीया थाना गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित रहेका छन् । 

उक्त वर्कशपमा वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी तथा संघिय प्रहरी ईकाई कार्यालय धनगढी (हाल महेन्द्रनगर कन्चनपुर) समेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वर्कशप तलासी गर्दा रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




भर्खरै