२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडपाण्डाको छाला सहित २ जना पक्राउ



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपलिका-४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कशपका संचालक भारत मोतिहारी केशरीया थाना गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित रहेका छन् । 

उक्त वर्कशपमा वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी तथा संघिय प्रहरी ईकाई कार्यालय धनगढी (हाल महेन्द्रनगर कन्चनपुर) समेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वर्कशप तलासी गर्दा रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।