२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको कुटनीतिक कमजोरीका कारण खोप आएनः जितेन्द्र नारायण देव (भिडियो सहित)



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाउनुभएको छ । 

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले राष्ट्रियसभासदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा असफल भएको दाबी गर्नुभएको हो । अपरिपक्क कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उहाँले गर्नुभयो ।

दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको , भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तरगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भईरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिदै उहाँले “ सरकार किन फेल भयो ?” भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयासहरु फेल भएकोे छ । यो कसरी भयो किन फेल भयो ? ती देश र ती कम्पनीहरु संगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपालको सरकारसंग किन डिल गर्न चाहेनन् ।  दक्षिण एशियाका ४ वटा देशहरुले ल्याउन सफल भए नेपालले ल्याउन सकेन । यो कुरा महसुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरुसंग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महसुस गर्ने कि नगर्ने ? ”

राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उहाँले खोप किन आउन सकेन भनेर आफुले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसंग तुलना नगर्न पनि आग्रह गर्नुभयो । ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गर्नुभएको थियो ।

कमिसन एजेण्टहरुको घेराउमा सरकार

उहाँले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गर्नुभयो । उहाँले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गर्नुभयो । कमिसन एजेण्डले पैसा नपाएको कारणले कोभिडशिल्ड खोप नआएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “कोभिडसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पुर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले भनिसक्नुभएको छ कमिसनको खेलको कारण । कमिसन एजेण्डहरुले अहिलेको सरकारलाई घेरिराखेको छ । मेरो आरोप त्यो छ । ”

उहाँले सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “परराष्ट्र मन्त्रालयलाई पंगु बनाईएको छ । अहिलेको सरकारले परराष्ट्र मन्त्रीलाई पंगु बनाएको छ । कार्यकर्तालाई भर्ति गर्ने केन्द्र बनाएको छ । डिप्लोमेसीको डि नजान्नेले पोलिटिकल लिडरसिप लिएको छ । सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न सकिरहेको छैन । त्यही कारणले डिप्लोमेटिक डिलिङ कम्पिट फेल भएको छ । कुटनीतिक फेलियरका कारण हामीले खोप ल्याउन सकिरहेका छैनौ ।

यसलाई रियलाईज गर्न सरकार तयार छ कि छैन ? सरकारले आफ्नो फेलियरलाई लुकाउनका लागि सम्मानित संस्था राष्ट्रपतिको संस्थालाई चिठी लेखाउने हो ? म त यसलाई चाइल्डलिस्ट डिप्लोमेसी भन्छु । बच्काना कुटनीतिक मुभ भन्छु यसलाई । गल्ती गरेको छ नेपाल सरकारले रियलाईज गर्ने कि नगर्ने ? राष्ट्रपतिबाट खोप ल्याउने सन्र्दभमा चिठी लेखाउने कामै गर्नुहुदैनथ्यो । गर्नै हुदैनथ्यो । मेरो च्यालेञ्ज छ । ”

राष्ट्रियसभा सदस्य देवले कुटनीतिक असफलताका कारण नेपालले अन्तराष्ट्रिय विश्वसनियता गुमाईसकेको र अन्तत एउटा देशसंगको सम्बन्धमा गएर सिमित भएको दाबी गर्नुभयो ।  परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रा परम्परागत मित्रहरु चीन भारत, अमेरिका, जापान लगायतका जर्मनी फ्रान्स जस्ता देशहरु र हाम्रो रिलेसन कोल्ड भयो । नेपाली कांग्रेसको कन्सन्ट त्यो हो । सम्बन्धलाई बनाउन , मिठास बनाउ प्रोएक्टिभ बनाउन मुलुकले धेरै मेहनत गर्नुपर्नेमा त्यसो हुन नसकेकाले एउटा देशमा मात्रै सिमित हुनु परेको छ । ” उहाँले बैदेशिक नीतिको संञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसंगको सम्बन्धमा गएर सिमित भएको दाबी गर्नुभयो ।

उहाँले कोरोना महामारी  विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधै तयार रहेको बताउदै आएपनि सरकारले प्रतिपक्षी दलहरुसंग कहिलेही सहयोग नमागेको गुनासो गर्नुभयो ।