२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

सरकारको कुटनीतिक कमजोरीका कारण खोप आएनः जितेन्द्र नारायण देव (भिडियो सहित)

सरकारको कुटनीतिक कमजोरीका कारण खोप आएनः  जितेन्द्र नारायण देव (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाउनुभएको छ । 

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले राष्ट्रियसभासदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा असफल भएको दाबी गर्नुभएको हो । अपरिपक्क कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उहाँले गर्नुभयो ।

दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको , भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तरगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भईरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिदै उहाँले “ सरकार किन फेल भयो ?” भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयासहरु फेल भएकोे छ । यो कसरी भयो किन फेल भयो ? ती देश र ती कम्पनीहरु संगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपालको सरकारसंग किन डिल गर्न चाहेनन् ।  दक्षिण एशियाका ४ वटा देशहरुले ल्याउन सफल भए नेपालले ल्याउन सकेन । यो कुरा महसुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरुसंग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महसुस गर्ने कि नगर्ने ? ”

राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उहाँले खोप किन आउन सकेन भनेर आफुले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसंग तुलना नगर्न पनि आग्रह गर्नुभयो । ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गर्नुभएको थियो ।

कमिसन एजेण्टहरुको घेराउमा सरकार

उहाँले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गर्नुभयो । उहाँले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गर्नुभयो । कमिसन एजेण्डले पैसा नपाएको कारणले कोभिडशिल्ड खोप नआएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “कोभिडसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पुर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले भनिसक्नुभएको छ कमिसनको खेलको कारण । कमिसन एजेण्डहरुले अहिलेको सरकारलाई घेरिराखेको छ । मेरो आरोप त्यो छ । ”

उहाँले सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “परराष्ट्र मन्त्रालयलाई पंगु बनाईएको छ । अहिलेको सरकारले परराष्ट्र मन्त्रीलाई पंगु बनाएको छ । कार्यकर्तालाई भर्ति गर्ने केन्द्र बनाएको छ । डिप्लोमेसीको डि नजान्नेले पोलिटिकल लिडरसिप लिएको छ । सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न सकिरहेको छैन । त्यही कारणले डिप्लोमेटिक डिलिङ कम्पिट फेल भएको छ । कुटनीतिक फेलियरका कारण हामीले खोप ल्याउन सकिरहेका छैनौ ।

यसलाई रियलाईज गर्न सरकार तयार छ कि छैन ? सरकारले आफ्नो फेलियरलाई लुकाउनका लागि सम्मानित संस्था राष्ट्रपतिको संस्थालाई चिठी लेखाउने हो ? म त यसलाई चाइल्डलिस्ट डिप्लोमेसी भन्छु । बच्काना कुटनीतिक मुभ भन्छु यसलाई । गल्ती गरेको छ नेपाल सरकारले रियलाईज गर्ने कि नगर्ने ? राष्ट्रपतिबाट खोप ल्याउने सन्र्दभमा चिठी लेखाउने कामै गर्नुहुदैनथ्यो । गर्नै हुदैनथ्यो । मेरो च्यालेञ्ज छ । ”

राष्ट्रियसभा सदस्य देवले कुटनीतिक असफलताका कारण नेपालले अन्तराष्ट्रिय विश्वसनियता गुमाईसकेको र अन्तत एउटा देशसंगको सम्बन्धमा गएर सिमित भएको दाबी गर्नुभयो ।  परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रा परम्परागत मित्रहरु चीन भारत, अमेरिका, जापान लगायतका जर्मनी फ्रान्स जस्ता देशहरु र हाम्रो रिलेसन कोल्ड भयो । नेपाली कांग्रेसको कन्सन्ट त्यो हो । सम्बन्धलाई बनाउन , मिठास बनाउ प्रोएक्टिभ बनाउन मुलुकले धेरै मेहनत गर्नुपर्नेमा त्यसो हुन नसकेकाले एउटा देशमा मात्रै सिमित हुनु परेको छ । ” उहाँले बैदेशिक नीतिको संञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसंगको सम्बन्धमा गएर सिमित भएको दाबी गर्नुभयो ।

उहाँले कोरोना महामारी  विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधै तयार रहेको बताउदै आएपनि सरकारले प्रतिपक्षी दलहरुसंग कहिलेही सहयोग नमागेको गुनासो गर्नुभयो ।