२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको शतकमा नामिबियामाथि नेपालको सानदार जित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई पहिलोपटक हराएको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितको लागि कुशल भुर्तेलले १ सय १५ रनको कीर्तिमानी शतकीय इनिङ खेले ।

कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । साथै, टी२० अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् । यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरिसकेका थिए ।

नेपालको लागि कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, ३ चौका र १ छक्काके सहयोगमा सन्दीप जोराले २४ बलमा २८ रन बनाएका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ बनाए भने करण केसीले २० रन जोडे । सन्दीप लामिछाने भने गोल्डेन डग आउट भए ।

नामिबियाको तर्फबाट बलिङ गरेका रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३र३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेले। उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए भने जान ग्रिनले ३४ रन बनाएका थिए ।

नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । एकदिवसीय अन्तराष्ट्रियमा करणको यो तेस्रो ५ विकेट हो । सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए ।

सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने नामिबिया ३१ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।