८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘४० प्रतिशत मानिसहरू प्रेम व्यक्त गर्न सक्दैनन्’



अ+ अ-

एजेन्सी । आज भ्यालेन्टाइन डे हो तर धेरै मानिसहरू आफ्नो मनको कुरा गर्न डराउँछन् । निकटताले केहीलाई बाधा पुर्‍याउँछ ।

तपाईले सोचिरहनु भएको होला कि प्रियजनसँग कसलाई डर लाग्छ तर यो पनि सत्य हो कि संसारमा करोडौं मानिसहरु छन् जो कसैको नजिक पुगेर आफ्नो मनको कुरा भन्न डराउँछन् ।

रिसर्चगेटको रिपोर्ट अनुसार विश्वका करिब ३० देखि ४० प्रतिशत मानिस यस्ता मानसिक भ्रमले घेरिएका छन् र आफ्नो मनको कुरा गर्न नसक्ने हुन्छन् । यस्ता व्यक्तिको मनमा चाहना र माया दबिएर रहन्छ । उनीहरुले चाहेर पनि कसैको हात समात्ने हिम्मत जुटाउन सक्दैनन् । यसलाई ‘फियर अफ इन्टिमेसी’ भनिन्छ ।

‘अन्तरियताको डर’ भन्नाले कसैसँग नजिक हुने डर, घनिष्ठ सम्बन्धको डर हो । यो समस्या किशोरकिशोरी वा युवा दम्पतीमा मात्रै नभई विवाहित जोडीलाई पनि यो समस्या देखिएको छ । यो समस्यालाई लामो समयसम्म बेवास्ता गरियो भने मानिसको अन्तरक्रिया कम हुन्छ । कतिपय यही डरले सम्बन्धलाई टाल्छन् वा कहिल्यै विवाह गर्दैनन् ।




भर्खरै