९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुका डीएसपीको जिम्मेवारी खोसियो



तस्बिरः सामाजिक संजाल
अ+ अ-

काठमाडौँ । प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको जिम्मेबारी खोसिएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनाव सिर्जना भएपछि उनलाई जिम्मेबारीबाट हटाइएको छ ।

यातायात व्यवसायीहरुले गरेको आन्दोलनका क्रममा बालाजुका प्रहरी प्रमुख विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । त्यस्तै बालाजु प्रहरीको १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।

जिम्मेबारीबाट हटाइएपछि विष्टको स्थानमा अर्का डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात व्यवसायीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नयाँ बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

साथै प्रदर्शनकारीहरुको भिडले बसपार्कमा रहेको मोबाइल पसलमा छिरेर करोडौँ मूल्य बराबरको मोबाइल लुटपाटसमेत भएको थियो । उक्त घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।