• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

राष्ट्रपतिको उम्मेदवार एकीकृत समाजवादीले पनि उठाउन सक्छ– झलनाथ खनाल



file

धनगढी । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आवश्यक परे आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्ने बताउनुभएको छ ।

मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक दलहरुबीच सहमतिका आधारमा आवश्यक भएको अवस्थामा एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा उम्मेदवार दिनसक्ने बताउनुभएको हो ।

राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “चर्चा गरिदिएकामा धन्यवाद ।”

सबै राजनीतिक दलले सुझबुझपूर्ण ढंगले राष्ट्रपति निर्वाचनको हकमा निर्णय लिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रपति निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्ड हो भन्दै उहाँले भन्नुभयो, “यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दूरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनुपर्छ ।”

नेता खनालले अहिले नै सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको टिप्पणी गर्नुभयो । अहिले गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्ने त्यस्तो कुनै सम्भावना नदेखिएको उहाँको भनाइ थियो ।