२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: नेपालविरुद्ध माइकलको शतक



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध नामिबियिका ब्याटर माइकल भान लिंगेनले सानदार शतक हानेका छन् ।

माइकलले १ सय २१ बलमा ६ चौका र ५ छक्कासहित १ सय ८ रनको सानदार शतकीय  इनिङ खेलेका हुन् । यो उनले ओडिआई करिअरको तेस्रो शतक हो । उनले यसअघि पनि नेपालविरुद्ध डिसेम्बरमा भएको खेलमा आफ्नो करिअरको सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको छ । कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भए । जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको क्याचबाट जेरार्ड आउट भएका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरेका थिए ।त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए ।

यस्तै, सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई १३ रनमा बोल्ड आउट गरेका थिए । विकेटपछि सन्दीप मैदानमा भावुक बनेका थिए ।