२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिमन्यु मिश्र बने सबैभन्दा कान्छो उमेरका ‘चेस ग्र्यान्डमास्टर’



अ+ अ-

काठमाडौं । अभिमन्यु मिश्रले १२ वर्ष ४ महिनाको उमेरमा सबैभन्दा कम उमेरमा 'चेस ग्र्यान्डमास्टर' बन्ने नयाँ कीर्तिमान राखेका छन्। यसअघि सो कीर्तिमान सेर्गे कार्जाकीनको नाममा थियो जो सन् २००२ मा १२ वर्ष ७ महिनाको उमेरमा चेस ग्र्यान्डमास्टर बनेका थिए।

अमेरिकाका अभिमन्यु १० वर्ष ९ महिना हुँदा सबैभन्दा कान्छा 'अन्तर्राष्ट्रिय मास्टर' बनेका थिए। उनको अबको लक्ष्य भनेको सबैभन्दा कान्छो 'स्ट्रङ्ग ग्र्यान्डमास्टर र एलीट ग्र्यान्डमास्टर' को उपाधिहरू प्राप्त गर्ने रहेको छ। चेस खेलमा उच्चस्तरको प्रदर्शन गर्दै तीन खेल जितेर विश्व चेस महासङ्घको रेटिङमा कम्तीमा २,५०० अङ्क प्राप्त गर्न सकेमा मात्र ग्र्यान्डमास्टर उपाधि पाइन्छ।

अभिमन्युले साढे दुई वर्षको उमेरमा चेस खेल्न थालेको र सात वर्षको उमेरमा सबैभन्दा कान्छो अमेरिकी दक्ष खेलाडी बनेका थिए। कोभिडका कारण उनको लक्ष्य केही ढिलो भएको थियो तर बुडापेस्टमा पुगेर उनले ग्र्यान्डमास्टर र अन्तर्राष्ट्रिय ग्र्यान्डमास्टर प्रतियोगिताहरू खेले। त्यहीँ उनले आफ्नो अङ्क २,६०० पुर्‍याएका हुन्।

चेस ग्र्यान्डमास्टर बनेपछि अभिमन्युले ट्विटरमा लेखेका छन्, 'मलाई १४ महिना रोकेको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी (अहिलेको महामारी) लाई अन्ततः 'चेकमेट' गरेर पन्छाएँ। सबैलाई जनालाई माया र समर्थनको लागि धन्यवाद। अब विश्वकपको तयारीमा।'

रुसी खेलाडी कार्जाकीनले आफ्नो कीर्तिमान १९ वर्षपछि तोडिएकोमा केही दुःखी भएको बताए। उनले भने, 'म ढाँट्न चाहन्न, कीर्तिमान गुमाएकोमा म केही दुःखी छु। तर म उनलाई बधाई दिन सक्छु। उनी सर्वोकृष्ट खेलाडीमध्ये एक हुने आशा गर्छु र यो उनको ठूलो यात्राको राम्रो सुरुवात हो।' (एजेन्सी)