२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने गगन थापाको दाबी



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले फागुन १० गतेभित्र ७ दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।

सोमबार रुपन्देहीको क्षेत्र नम्बर–१ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले ७ दलीय सत्ता गठबन्धन भत्किएर पुरानो पाँच दलीय गठबन्धन ब्युँतिने दाबी गरेका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुन १० गतेसम्म भत्किन्छ ।’

यस्तै, थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता भइरहेको र राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने समेत जिकिर गरे ।