२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु क्षेत्रको अवस्था तनावपूर्ण, प्रदर्शनकारीद्वारा प्रहरीको दुईवटा गाडी जलाइए



अ+ अ-

काठमाडौँ । राजधानीको बालाजु क्षेत्र तनावपूर्ण भएको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् ।

यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडपले तनाव सिर्जना गरेको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

यसैबीच नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भोलि काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।