२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

डब्लूपीएल अक्सनमा मन्धना पहिलो करोडपति, तीन खेलाडी तीन करोडभन्दा बढीमा बिक्री



अ+ अ-

एजेन्सी । भारतमा हुन गइरहेको पहिलो महिला प्रिमियर लिग (डब्लूपीएल)का लागि खेलाडीको लिलामी सुरु भएको छ ।

मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा चलिरहेको लिलामी स्मृति मन्धानाको नामबाट सुरु भएको छ । उनलाई बैंगलोरले ३.४ करोडमा किनेको हो । तीन सेट लिलामी भइसकेका छन् भने चौथो सेट लिलामीमा छ ।

सोफिया डंकली ६० लाखमा बिक्री भएकी छन् । उनलाइए गुजरातले किनेको छ । यस्तै, जेमिमा रोड्रिग्सलाई दिल्ली क्यापिटल्सले २.२ करोडमा किनेको छ । म्याग ल्यानिङलाई दिल्लीले एक करोड १० लाख रुपैयाँमा किनेको थियो । जबकि सुजी वेट्स, ताजमिन ब्रीट्स र लौरा वोल्भार्ड अनसोल्ड रहे ।

दोस्रो सेटका सबै खेलाडीले एक करोडभन्दा बढीको बोली पाए । भारतीय दीप्ती शर्मालाई युपी वारियर्सले २.६० करोडमा किनेको छ । आरसीबीले भारतकी नै रेणुका सिंहलाई १.५० करोडमा किनेको छ । नताली स्काइभर ब्रन्टलाई मुम्बईले ३.२० करोडमा किनेको छ । उनी इंग्ल्याण्डकी सबैभन्दा महँगो खेलाडी बनिन् । यूपीले अस्ट्रेलियाकी ताहिलिया म्याकग्रालाई १.४० करोडमा किनेको छ ।

अष्ट्रेलियाकी बेथ मुनीलाई गुजरातले २ करोडमा समावेश गरेको थियो । यूपीले दक्षिण अफ्रिकाकी शबनिम इस्माइललाई एक करोड भारुमा किनेको छ । योसँगै न्यूजिल्याण्डकी अमेलिया केरलाई मुम्बईले एक करोड भारुमा टिममा भित्र्याएको छ ।