• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान सुरु, ज्ञानेन्द्र र पारस एउटै मञ्चमा



काठमाडौँ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई सँगै राखेर आफ्नो नयाँ अभियानको थालनी गरेका छन् ।

काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन् । कार्यक्रममा राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थिति रहेका छ ।

नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य समेत रहेका प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेतालाई पनि निम्तो दिएका थिए ।

यो अभियान मेचीदेखि महाकालीसम्म हुने बताइएको छ ।