२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमानाकाबाट ४८ गाईगोरुसहित एक किशोर पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

जलेश्वर । महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो ।

बिहानै नेपाल–भारत तस्करी गर्न लागिएको ४७ गाई र एक गोरुसहित किशोरलाई सीमा गस्तीमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका किशोरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । रासस