१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट महिलाको मृत्युभएपछि सुर्खेत तनावग्रस्त: प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार



अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि वीरेन्द्रनगरमा आन्दोलन जारी राखेका छन् ।

मंगलगढी चोकमा आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् ।

अहिले १३० जना प्रहरीको टोली आन्दोलनस्थलमा खटाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।