२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु २० का नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई



अ+ अ-

काठमाडौँ । रु २० का दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार ती नोट छाप्ने जिम्मा उक्त कम्पनीलाई दिने आशयपत्र जारी गरेको छ ।

आशयपत्रमा केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको उल्लेख छ ।

४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अर्था करिब रु ६२ करोड २१ लाख ६२ हजारमा २० रुपैयाँ दरका ३१ लाख थान नोट छाप्ने ठेक्का उक्त कम्पनीले पाएको बैंकले जनाएको छ ।