२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु २० का नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई



अ+ अ-

काठमाडौँ । रु २० का दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार ती नोट छाप्ने जिम्मा उक्त कम्पनीलाई दिने आशयपत्र जारी गरेको छ ।

आशयपत्रमा केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको उल्लेख छ ।

४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अर्था करिब रु ६२ करोड २१ लाख ६२ हजारमा २० रुपैयाँ दरका ३१ लाख थान नोट छाप्ने ठेक्का उक्त कम्पनीले पाएको बैंकले जनाएको छ ।