१४ असार २०८३, आईतवार
,
Latest
फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमला वलीद्वारा माओवादी केन्द्र परित्याग



अ+ अ-

दाङ । लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री विमलाकुमारी वलीले नेकपा ९माओवादी केन्द्र० परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

वलीले नेकपा ९माओवादी केन्द्र० जिल्ला कमिटी दाङमा माघ २४ गते नै राजीनामा पत्र बुझाएकी हुन् । पत्रमा उनले आफ्नो राजनीतिक उतारचढावका बेला पार्टीले कुनै सहयोग नगरेको गुनासो गरेकी छन् । उनले भनेकी छन्, “मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो । पार्टीले युज एण्ड थ्रो गर्यो । त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ ।”

नेकपा ९एमाले० का स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती उनी आफ्ना श्रीमान्को सवारी दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएपछि नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मा पार्टी विभाजन हुँदा उनले माओवादी केन्द्र रोजेकी थिइन् । माओवादी केन्द्रले उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनाएको थियो ।

राज्यमन्त्री भएकै बेला लेनदेनको विषयमा एक महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।




भर्खरै