२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डब्लूपीएलको अक्सन आज, १५ देशका महिला क्रिकेटरमाथि बोली लगाइँदै



अ+ अ-

एजेन्सी । भारतमा पहिलो पटक हुन गइरहेको महिला प्रिमियर लिग (डब्लूपीएल)को पहिलो सिजनका आज अक्शन हुँदैछ ।

मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा दिउँसो २ः४५ बजेदेखि खेलाडीको लिलामी हुँदैछ । यस मेगा लिलामीमा ४०९ खेलाडीको बोली लगाइनेछ । जसमा १५ देशका महिला क्रिकेटर रहेका छन् ।

डब्लूपीएलको अक्सनका लागि नेपालबाट ५ खेलाडीको नाम सिफारिस गरिएको थियो । जसमा कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्य रहेका थिए । तर अक्सनका लागि जारी भएको ४ सय ९ जना खेलाडीको अन्तिम सूचीमा नेपालका कुनै पनि खेलाडीले स्थान बनाउन सकेनन् ।

बीसीसीआईका अनुसार लिलामीका लागि विश्वभरबाट १,५२५ खेलाडीले दर्ता गरेका थिए, जसमध्ये २४६ भारतीय र १६३ विदेशी खेलाडीलाई सर्टलिस्ट गरिएको छ । ती सबैले अब ९० स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

लिलामीमा २४ खेलाडीको उच्चतम आधार मूल्य ५० लाख रुपैयाँ रहेको छ । जसमा १० भारतीय र १४ विदेशी खेलाडी छन् । जबकि ३० खेलाडीले आधार मूल्य ४० लाख राखेका छन् । यससँगै भारतको यू–१९ महिला टी–२० विश्वकप विजेता टोलीका सबै खेलाडीले लिलामीका लागि दर्ता गरेका छन् ।

अन्तिम सूचीमा भारतबाहेक अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, आयरल्याण्ड र जिम्बाब्वेका खेलाडी रहेका छन् । यससँगै एसोसिएट राष्ट्र युएई, हङकङ, थाइल्याण्ड, नेदरल्याण्ड र अमेरिकाका ८ खेलाडीले लिलामीमा बोलपत्र लगाउनेछन् ।

लिलामीमा खेलाडी किन्न डब्ल्यूपीएल टोलीले १२ करोड रुपैयाँ पाउनेछ । पर्समा प्रत्येक वर्ष डेढ करोड रुपैयाँ बढ्नेछ । यो रकम पुरुषको आईपीएलको तुलनामा निकै कम हो । पुरुषको आईपीएलमा एउटा टोलीसँग ९५ करोड भारु रहेको थियो । प्रत्येक टोलीले लिलामीमा १५ देखि १८ खेलाडीहरू किन्न सक्छ । प्रत्येक टोलीमा बढीमा ६ विदेशी खेलाडी मात्र समावेश गर्न सकिनेछ । सोही अनुसार कुल ९० खेलाडी किनिनेछन् ।

डब्लूपीएल आगामी मार्च ४ देखि २६ सम्म मुम्बईमा हुनेछ । जसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले ६ करोड, उपविजेताले ३ करोड र तेस्रो हुने टोलीले १ करोड रुपैयाँ पाउनेछन् ।