२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभामा उठ्यो नेपालीभाषी माथिको विभेदबारे आवाज



अ+ अ-

काठमाडौँ । भारतको लोकसभामा नेपाली मूलका नागरिकहरुमाथिको विभेदबारे आवाज उठेको छ । हालै भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी नागरिकसरह भनी परिभाषित गरेपछि भारतमा बस्ने डेढ करोड नेपालीभाषी भारतीय नागरिकबारे संसद्मा आवाज उठेको हो ।

सर्वोच्च अदालतले नेपाली भाषीलाई विदेशी नागरिक भनी परिभाषित गरेपछि सिक्किममा आन्दोलन चर्किएसँग अदालतले ‘रिभ्यू पेटिसन’ मार्फत उक्त परिभाषा सच्याएको भए पनि गोर्खामाथि बारम्बार भारतमा अपमान भइरहेको आवाज उठेको हो ।

सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) बाट निर्वाचित दार्जिलिङका सांसद राजु विष्टले सर्वोच्च अदालतको फैसला पुनरविचार भए पनि भारतमा बस्ने डेढ करोड गोर्खा (नेपाली भाषी) माथिको अपमान कायमै रहेको बताउनुभयो ।

लोकसभाको बैठकमा नेपाली भाषामै बोल्दै उहाँले भारतीय संविधानले नै मान्यता दिएको नेपाली भाषा बोल्नेहरु कसरी नेपाल देशका भए भनी प्रश्न गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतको पछिल्लो फैसला सिक्किम प्रदेशको मात्र नभएर समग्र नेपालीभाषी भारतीयमाथिको अपमानको सिलसिला भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा हामी नेपाली भाषा बोल्नेहरूमाथि बारम्बार अपमान हुने गरेको छ । म सरकारलाई सोध्न चाहन्छु, भारत देशमा बस्ने डेढ करोड गोर्खा को हुन् ? र म को हुँ ? हामीले बोर्डर पार गरेको होइन, बोर्डरले हामीलाई पार गरेको हो । तामिल बोल्नेहरू श्रीलंकन भएनन्, बंगाली बोल्नेहरू बंगलादेशी भएनन्, नेपाली बोल्नेहरु कसरी नेपालका भए ?”