• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

जावलाखेलको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ



काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिग क्लब जावलाखेलको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ नियुक्त भएका छन् ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि जावलाखेलले श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस्तै, जावलाखेलले नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरिएको समेत जनाएको छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।