• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

र्‍यापर एमसी स्टेन बने ‘बिग बोस १६’ का विजेता



एजेन्सी । भारतीय रियालिटी शो ‘बिग बोस १६’ को उपाधि र्‍यापर एमसी स्टेनले जितेका छन् । आइतबार राति भएको फिनालेमा उनी विजेता घोषित भएका हुन् । यस्तै, शिव ठाकरे उपविजेता भए । यो सिजन ४ महिनासम्म चलेको थियो ।

पुरस्कारस्वरूप र्‍यापरले ३१ लाख रुपैयाँ र एउटा लक्जरी कार पाए । यसअघि उनी एमटिभीका विजेता भइसकेका छन् ।

शीर्ष ३ फाइनलिस्टमा प्रियंका चाहर चौधरी, शिव ठाकरे र एमसी स्टेन रहेका थिए । प्रियंका अन्तिममा बाहिरिइन् । एमसी स्टेनले सबैभन्दा बढी मत पाए ।

कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो । प्रियंकाले बिग बोस १६ को उपाधि जित्न नसके पनि सलमानले आफ्नो लागि वास्तविक विजेता प्रियंका नै भएको बताए ।

कार्यक्रमको फाइनलमा धेरै टिभी कलाकार र बलिउड स्टारकास्ट पनि पुगेका थिए । यसै क्रममा अभिनेता सनी देओल र अमिषा पटेल आफ्नो आगामी फिल्म गदर २ को प्रमोशन गर्न पुगेका थिए ।

फ्यानहरूले बिग बोसको १५ औं सिजन भन्दा १६ औं सिजनलाई बढी मन पराएका छन् । यद्यपि, धेरै दर्शकहरू विश्वास गर्छन् कि शोको पहिलेका सिजनहरू अझ राम्रो थिए । बिग बोसको पहिलो सिजन आशिकी अभिनेता राहुल रोयले जितेका थिए । कार्यक्रमको होस्ट अर्शद वारसी थिए ।