२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्‍यापर एमसी स्टेन बने ‘बिग बोस १६’ का विजेता



अ+ अ-

एजेन्सी । भारतीय रियालिटी शो ‘बिग बोस १६’ को उपाधि र्‍यापर एमसी स्टेनले जितेका छन् । आइतबार राति भएको फिनालेमा उनी विजेता घोषित भएका हुन् । यस्तै, शिव ठाकरे उपविजेता भए । यो सिजन ४ महिनासम्म चलेको थियो ।

पुरस्कारस्वरूप र्‍यापरले ३१ लाख रुपैयाँ र एउटा लक्जरी कार पाए । यसअघि उनी एमटिभीका विजेता भइसकेका छन् ।

शीर्ष ३ फाइनलिस्टमा प्रियंका चाहर चौधरी, शिव ठाकरे र एमसी स्टेन रहेका थिए । प्रियंका अन्तिममा बाहिरिइन् । एमसी स्टेनले सबैभन्दा बढी मत पाए ।

कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो । प्रियंकाले बिग बोस १६ को उपाधि जित्न नसके पनि सलमानले आफ्नो लागि वास्तविक विजेता प्रियंका नै भएको बताए ।

कार्यक्रमको फाइनलमा धेरै टिभी कलाकार र बलिउड स्टारकास्ट पनि पुगेका थिए । यसै क्रममा अभिनेता सनी देओल र अमिषा पटेल आफ्नो आगामी फिल्म गदर २ को प्रमोशन गर्न पुगेका थिए ।

फ्यानहरूले बिग बोसको १५ औं सिजन भन्दा १६ औं सिजनलाई बढी मन पराएका छन् । यद्यपि, धेरै दर्शकहरू विश्वास गर्छन् कि शोको पहिलेका सिजनहरू अझ राम्रो थिए । बिग बोसको पहिलो सिजन आशिकी अभिनेता राहुल रोयले जितेका थिए । कार्यक्रमको होस्ट अर्शद वारसी थिए ।