२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार गर्न मन्त्री भएको होइनः पाण्डे



file
अ+ अ-

चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भन्नुभएको छ । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाउनुभयो ।

“मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ”, उहाँले भन्नुभयो, “मलाई देशको माया र जनताको आशीर्वाद छ ।” उहाँले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताउनुभयो । यसपटक जनताले अनुभूति गर्ने गरी काम हुने उहाँको भनाइ छ ।

“विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ”, उहाँले भन्नुभयो । मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताउनुभयो ।

राप्रपा उपाध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताउनुभयो । उहाँले देशलाई परिवर्तनको अनुभव गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र काम गर्नसक्ने उल्लेख गर्नुभयो । पार्टी सरकारमा गएपछि झन् थप मजबुत बनेको उहाँको भनाइ छ । रासस