• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ?

‘सत्ता गठबन्धन कायम रहन्छ’



पोखरीया । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गर्नुभएको छ ।

वीरगन्जमा आज आयोजित प्रेस चौतारी नेपालको सङ्गठन सुदृढीकरण कार्यशालामा उहाँले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताउनुभयो ।

गुरुङले भन्नुभयो, “गत पुसमा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भए अनुरुप नै राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ । त्यसैले ढुक्क भएर बसे हुन्छ ।”

एमालेले अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य राखेका उल्लेख गर्दै उहाँले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको पनि जानकारी दिनुभयो । रासस