२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारको घटनापछि गाली खाने डरले सांसदको लोगो छोपेर हिँड्छु: रघुजी पन्त(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले राष्ट्रपति सवारीको मापदण्डप्रति ध्यान नदिएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपतिको सवारीको मापदण्डलाई लोकतन्त्र अनुकूल बनाउन सरकारले उचित कदम नचालेको प्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘मेरो सवारी कसरी चलाउने भन्ने राष्ट्रपतिको भूमिका हुँदैन । त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको सुरक्षा संयन्त्रले गर्छ । त्यसैले यो समस्याको समाधान राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको तहबाट हुनुपर्छ ।’

लोकतन्त्रमा लोकको आवाजप्रति सरकारी प्रतिबद्ध हुन नसकेकोमा पन्तले गुनासो गरेका छन् । शुक्रबार भएको राष्ट्रपतिको अव्यबस्थीत सवारीको कारणले सांसदलाई पनि गाली गर्न थालेकाले आफूले लोगो छोपेर हिड्नु परेको गुनासो गरे ।  ‘सरकारले केही नगर्ने अनि राष्ट्रपति जस्तो संस्था किन विवादमा पर्ने ?’ उनले भने ।