• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

शुक्रबारको घटनापछि गाली खाने डरले सांसदको लोगो छोपेर हिँड्छु: रघुजी पन्त(भिडियोसहित)



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले राष्ट्रपति सवारीको मापदण्डप्रति ध्यान नदिएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपतिको सवारीको मापदण्डलाई लोकतन्त्र अनुकूल बनाउन सरकारले उचित कदम नचालेको प्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘मेरो सवारी कसरी चलाउने भन्ने राष्ट्रपतिको भूमिका हुँदैन । त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको सुरक्षा संयन्त्रले गर्छ । त्यसैले यो समस्याको समाधान राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको तहबाट हुनुपर्छ ।’

लोकतन्त्रमा लोकको आवाजप्रति सरकारी प्रतिबद्ध हुन नसकेकोमा पन्तले गुनासो गरेका छन् । शुक्रबार भएको राष्ट्रपतिको अव्यबस्थीत सवारीको कारणले सांसदलाई पनि गाली गर्न थालेकाले आफूले लोगो छोपेर हिड्नु परेको गुनासो गरे ।  ‘सरकारले केही नगर्ने अनि राष्ट्रपति जस्तो संस्था किन विवादमा पर्ने ?’ उनले भने ।