२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको ढोक्सामा माछा पर्दैन, राष्ट्रपति एमालेकै हुन्छ– पृथ्वीसुब्बा गुरूङ



अ+ अ-

वीरगञ्ज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नयाँ राष्ट्रपति एमालेकै हुने दावी गरेका छन् ।

वीरगञ्जमा प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै गुरूङले राष्ट्रपति एमालेकै उम्मेदवार बन्ने बताएका हुन् ।

गुरुङले प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले आउँदो चुनावसम्मै गठबन्धन कायम रहने बताएका छन् ।

‘अहिलेको सत्तागठबन्धन कायमै हुन्छ । राष्ट्रपति पनि एमालेकै हुन्छ ।’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले सत्तागठबन्धन आगामी चुनावसम्म नै कायम रहन्छ । राष्ट्रपतिका विषयमा कांग्रेसले थापेको ढोक्सामा माछा पर्दैन ।’