२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँगको ६ बुँदे सहमतिसँगै चिकित्सक संघको आन्दोलन स्थगित



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलन स्थगित गरेको छ । सरकारसँग छ बुँदे सहमति भएर संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा संघले देशभारका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प बनाउने निर्णय गरेको थियो ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सहरुबीच भएको वार्तामा आन्दोलन स्थगित गर्न सहमति भएको हो ।

एक साताभित्र चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा छानबिन गरी दोषीलाई कारबाही, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।