२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मेनिया–टर्कीए मार्ग पैतीस वर्षपछि खुला



अ+ अ-

एजेन्सी । आर्मेनिया र टर्कीएबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीएलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् ।

औषधि, खाद्य पदार्थ र पानी बोकेका पाँच वटा ट्रक एलिकन सीमाबा टर्कीए आइ पुगेका आर्मेनियासँग वार्ता गरेका टर्कीएका विशेष दूत सेरदार किलिकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आर्मेनियाली राष्ट्रियसभाका उपाध्यक्ष रुबेन रुबिन्यानप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

गत सोमबारको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पले टर्कीए र सिरियामा हालसम्म करिब २५ हजार मानिसले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । प्राकृतिक विपत्तिलाई दृष्टिगत गरी उक्त बाटो खोलिएको बताइएको छ । यसअघि उक्त बाटो सन् १९८८ मा आर्मेनियाली भूकम्प पीडितलाई सघाउन खोलिएको थियो । त्यस बेला झण्डै ३० हजार आर्मेनियालीको ज्यान गएको थियो ।

टर्कीए र आर्मेनियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । यद्यपि सन् २०२१ को डिसेम्बरमा दुवै देशले पारस्परिक सम्बन्धलाई सामान्य बनाउन विशेष दूत नियुक्त गरेका छन् । दुवै देशका साझा सिमाना सन् नब्बेको दशकदेखि बन्द छन् । गत वर्षदेखि दुवै मुलुकले व्यावसायिक उडान भने सञ्चालन गरेका छन् ।