२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिद्वारा आत्म समर्पण



अ+ अ-

कान्डला । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको मानहानी गरेको अभियोगमा उहाँलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उहाँले आत्मसमर्पण गर्नु भएको जनाइएको छ । 

स्थानीय समय अनुसार बुधवार अबेर उहाँ आफ्नो निवास नजिकै रहेको जेल पुगेको उहाँ निकटका अधिकारीहरुले जानकारी दिएका छन । उहाँलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उहाँले आत्मसमर्पण गर्नु भएको हो । 

सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ बर्षिय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन् । उहाँ आफै आत्मसमर्पणका लागि गएको विषयलाइ उहाँका समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन् । 

उहाँकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उहाँको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ । उहाँलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् । (रासस÷एपी)