३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ध्यान पुगेन ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धनमा

ध्यान पुगेन ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धनमा
फाईल फोटो
अ+ अ-

गलकोट । सशस्त्र द्वन्दमा माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’ नामकरण गरियो । दश वर्षे सशस्त्र द्वन्दको उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवद्र्धन गर्दे एउटा द्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उद्देश्यका साथ सो पदमार्गको नामकरण गरेपनि पदमार्ग प्रवद्र्धनमा कसैको ध्यान जान सकेको छैन । बागलुङ, म्याग्दी, रोल्पा, रुकुम र सुर्खेत जिल्लालाई समेटिएको पदमार्ग घोषणाको सात वर्ष बित्दासमेत पूर्वाधारमा फड्को मार्न सकेको छैन ।

भेडा चराउने गोठालाको बाटोमा द्वन्द्वको क्रममा छापामार हिँड्ने, हातहतियार बोक्ने, शहीद र घाइतेको उद्धार गर्न प्रयोग गरिएको बाटो शान्ति सम्झौतापश्चात् एकीकृत विकास गर्न गुरिल्ला पदमार्ग घोषणा गरियो । पदमार्गमा पर्ने केही स्थानीय तहले सामान्य पूर्वाधारको कामबाहेक अन्य केही काम नगरेकाले प्रचलनमा आउन नसकेको ३५ दिन लगाएर यात्रा गर्नुभएका पोखराका दिवस गुरुङले गुनासो गर्नुभयो । उहाँले केही स्थानमा पदमार्ग मेटिँदै गएको दुखेसो गर्नुभयो । उहाँले नक्सामा देखिएको पदमार्ग पूर्वाधारको अभावमा मेटिदै गएको छ भन्नुहुन्छ । गाउँ तथा सहरसँग जोडिएको स्थानमा पदमार्गको नामकरण, सामान्य रेलिङ बनेपनि जङ्गल र दुर्गम स्थानमा काम नभएको उहाँको अनुभव छ ।

“सरकार तथा पर्यटनसँग आबद्ध संस्थाले प्रचारप्रसारमा बढी ध्यान पु¥याउनुहुन्छ, बाटाघाटा, पदमार्गमा पूर्वाधार विकास, खानेपानीलगायत विभिन्न पुर्वाधार विकास गरिनुपर्छ”, यात्राको अनुभव सुनाउँदै गुरुङले भन्नुभयो, “द्वन्द्वकालसँग जोडिएका विगतका इतिहासलाई संरक्षण गर्दै त्यतिबेला प्रयोगमा आएका सेल्टर, हातहतियारलगायत विविध सामग्रीलाई संरक्षण गर्नु आवश्यक छ ।”
गुरिल्ला पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्ष, जलजलाजस्ता विविध प्राकृतिक सम्पदाले भरिपूर्णस्थल संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताइएको छ । पदमार्गका लागि आवश्यक सूचना बोर्ड छैन । त्यसैले त्यहाँ पुग्ने पर्यटक हराउने गरेकाले मख्य काम सूचना बोर्ड राख्न आवश्यक देखिएको पदमार्गमा यात्रा गर्न रुचाउने बागलुङका स्थानीय मनिष रायमाझीले बताउनुभयो ।

रायमाझीसहित चार युवाको समूहले १४ दिनमा सो पदयात्रा गरको थियो । रायमाझीले सूचना बोर्ड नहुँदा बागलुङको ढोरपाटनस्थित फागुने धुरै हुँदै ठाुकर पुग्नै समस्या भएको सुनाउनुभयो । ढोरपाटन शिकार आरक्ष क्षेत्र सकिएपछि पदमार्गमा समस्या नभएको उहाँको भनाइ छ । “प्रकृतिको सुन्दरता बिगार्न हुँदैन, प्रचारको अभावमा उक्त क्षेत्रमा विरलै पदयात्री हिँड्छन्, घना जङ्गल र नदी नाला तर्दे जानु यात्रा निकै कठिन छ”, रायमाझीले भन्नुभयो। रायमाझीसहित सुवास केसी, राहुल पाण्डे र राजीव थापाले सो पदमार्गमा यात्रा गर्दा निकै आनन्द लागेको सुनाउनुभयो ।

ढोरपाटनको बुँकी, फागुने, पूर्वी रुकुम, ठाकुर, पेल्मा, माईकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङलगायताई समेटिएको पदमार्गलाई प्रवद्र्धन गर्न सरोकारवालाले विशेष कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । ढोरपाटन शिकार आरक्ष फैलिएको बागलुङ, म्याग्दी र पूर्वी रुकुमलाई छिचोलेर जाने गुरिल्ला पदमार्गमा केही सूचना बोर्ड राखे पनि थप सूचना बोर्ड राख्न आवश्यक देखिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिृकत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

नामकरणको आठ वर्ष पुग्नै लाग्दा उक्त पदमार्ग चर्चामा आउन नुसक्नु, ढोरपाटन शिकास आरक्षमा आएका विदेशी पर्यटक उक्त पदमार्गप्रति आकर्षित हुन नसकेको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कृष्ण केसीले बताउनुभयो । यो पदमार्ग सरकारको प्राथमिकतामा नपरेको उहाँको गुनासो छ । “पदमार्ग विकासका लागि रोल्पा रुकुमलेनै बढी जोड दिन आवश्यक छ, माओवादीको आधार इलाकाबाट थुप्रै नेत्रा मन्त्री बने तर गुरिल्ला पदमार्ग न बजेटमा आयो नत नीति तथा कार्यक्रममा”, केसीले भन्नुभयो ।

पदमार्गमा १० वर्षे द्वन्दमा प्रयोग भएका बाटा, सेल्टर, तालिम केन्द्र, कब्जा गरिएका चौकी साथै मगर संस्कृतिको अवालेकन गर्न सकिन्छ । मुख्य आकर्षक क्षेत्र भने जलजला र बागलुङको ढोरपाटन शिकार आरक्षण भएको पदयात्रीले अनुभव छ । म्याग्दीबाट थालिने पदयात्रा अन्त्यसम्म पुग्न २१ दिन, ढोरपाटनबाट १४ र रोल्पाबाट यात्रा गर्दा १० दिनमै सकिन्छ । रासस