२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरिफ शेखलाई वैकल्पिक सूचिमा राख्नुको कारण यस्तो



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिवार आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । तर, टिममा मध्यक्रमका ब्याटर आरिफ शेखलाई भने समाबेश गरिएन । नेपालले अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आरिफलाई वैकल्पिक सूचिमा राखिएको छ ।

नेपाली क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफलाई टोलीमा नराख्नुको कारण बताएका छन् । आरिफको स्वास्थ्य अवस्थाको कारण उनलाई टोलीमा नराखिएको छनोटकर्ता चौधरीले बताए ।

आरिफलाई इन्फेक्सन ज्वरो देखिएकोले वैकल्पिक सूचिमा राखिएको उनले बताए । ‘आरिफलाई इन्फेक्सन ज्वरो देखिएको छ । त्यसैले उसलाई रिकभरीको लागि समय दिएको छ’, छनोटकर्ता चौधरीले भने, ‘ज्वरोसँगै खोकी र दुखाई पनि रहेको छ । औषधी खाई रहेका छन् । ठिक नहुँदा टोलीमा नभएका हुन्’।

आरिफ ओडिआई क्रिकेटका भरपर्दा ब्याटर हुन् । उनलेले ३२ ओडिआई खेलमा ४ अर्धशतकसहित ५ सय ८२ रन बनाएका छन् । आरिफ मध्य गतिका बलर पनि हुन् । नेपालले आरिफको स्थानमा भीम सार्कीलाई मौका दिएको छ । भीमसँगै कुशल मल्ल र सन्दीप जोरा मध्य एकले पनि मौका पाउनेछन् ।

नेपालले पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । सन्दीप बलात्कार आरोप लागेपछि पाँच महिनापछि नेपाली टोलीमा फर्किएका हुन् ।

त्यस्तै बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली टोलीमा परेका छन् । त्यसैगरी, किशोर महतो र कमलसिंह ऐरी भने अन्तिम २० बाट बाहिरिएका छन् ।

टियु क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ । फेब्रुअरी १४ देखि २१ सम्म हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नामिबिया भिड्नेछन् ।

नेपाली टोली:

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ

वैकल्पिक खेलाडी:

आरिफ शेख, प्रतिश जी.सी, श्याम(मौसम) ढकाल र अर्जुन साउद