• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

आरिफ शेखलाई वैकल्पिक सूचिमा राख्नुको कारण यस्तो



फाईल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिवार आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । तर, टिममा मध्यक्रमका ब्याटर आरिफ शेखलाई भने समाबेश गरिएन । नेपालले अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आरिफलाई वैकल्पिक सूचिमा राखिएको छ ।

नेपाली क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफलाई टोलीमा नराख्नुको कारण बताएका छन् । आरिफको स्वास्थ्य अवस्थाको कारण उनलाई टोलीमा नराखिएको छनोटकर्ता चौधरीले बताए ।

आरिफलाई इन्फेक्सन ज्वरो देखिएकोले वैकल्पिक सूचिमा राखिएको उनले बताए । ‘आरिफलाई इन्फेक्सन ज्वरो देखिएको छ । त्यसैले उसलाई रिकभरीको लागि समय दिएको छ’, छनोटकर्ता चौधरीले भने, ‘ज्वरोसँगै खोकी र दुखाई पनि रहेको छ । औषधी खाई रहेका छन् । ठिक नहुँदा टोलीमा नभएका हुन्’।

आरिफ ओडिआई क्रिकेटका भरपर्दा ब्याटर हुन् । उनलेले ३२ ओडिआई खेलमा ४ अर्धशतकसहित ५ सय ८२ रन बनाएका छन् । आरिफ मध्य गतिका बलर पनि हुन् । नेपालले आरिफको स्थानमा भीम सार्कीलाई मौका दिएको छ । भीमसँगै कुशल मल्ल र सन्दीप जोरा मध्य एकले पनि मौका पाउनेछन् ।

नेपालले पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । सन्दीप बलात्कार आरोप लागेपछि पाँच महिनापछि नेपाली टोलीमा फर्किएका हुन् ।

त्यस्तै बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली टोलीमा परेका छन् । त्यसैगरी, किशोर महतो र कमलसिंह ऐरी भने अन्तिम २० बाट बाहिरिएका छन् ।

टियु क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ । फेब्रुअरी १४ देखि २१ सम्म हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नामिबिया भिड्नेछन् ।

नेपाली टोली:

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ

वैकल्पिक खेलाडी:

आरिफ शेख, प्रतिश जी.सी, श्याम(मौसम) ढकाल र अर्जुन साउद