६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रमा पार्टीको नाम र चुनाव चिह्न बदल्ने प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को यही माघ १२ देखि २१ गतसम्म सम्पन्न स्थायी कमिटीको बैठकमा पार्टीको नाम र चिह्न बदल्ने प्रस्ताव पेश गरिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमा उहाँले भन्नुभएको छ, “संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।”

पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाका लागि उहाँले कार्यक्रम प्रस्ताव गर्नुभएको हो । विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव उहाँले अगाडि सार्नुभएको छ ।

प्रस्तावमा उहाँले भन्नुभएको छ, “मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत्सम्बन्धी नीति र विधिहरू तय गर्ने, तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।”

अध्यक्ष प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौँ उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गर्दै आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको स्वीकार गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले गर्नुभएको प्रस्ताव यस्तो छ–

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/02/Document-CPN-Moist-Centre-final.pdf”]