२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र कार्यविभाजन: संगठन विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यविभाजन गरेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा जनार्दन शर्मा र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनलाई कायमै राखेको छ । शर्मा र पुन दुवै उपमहासचिव हुन् ।

पार्टी वरियतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल रहनुभएको छ । महासचिवमा देवप्रसाद गुरुङ र उपमहासचिवहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृकाप्रसाद यादव रहनुभएको छ ।

पार्टीको विसं २०७८ पुस दोस्रो साता काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कार्यविभाजनको निर्णय गरेको थिएन । यही माग १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।