• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

नवौं एक्सेल्सियर कप: एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक



काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र काष्ठमण्डप नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ३–० गोलले पराजित ग-यो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई ५–० को फराकिलो गोलअन्तरले हरायो ।

विजेताका सुप्रिम बोहराले २ तथा सहज ढकाल, आध्यान शेरचन र इशान पराजुलीले १–१ गोल गरे । यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड नेसनल स्कुल र न्यु इराले उपाधि भिडन्त पक्का गरे ।

 

ग्रिनफिल्डले श्री सञ्जय साइलाई ५–० गोलले पाखा लगायो । विजयी टिमका लागि धर्विन्द्र बोहरा र उपेन्द्र बोहराले समान २–२ तथा आयुश दूतराजले १ गोल गरे । न्यु इराले हार्टल्यान्ड एकेडेमीलाई २–१ गोलले पन्छायो । न्यु इराका पेम्बा तामाङ र सशांक थापाले १–१ गोल गरे । हार्टल्यान्डका प्रशान्त धामीले सान्त्वना गोल गरे ।

बास्केटबल; जेनिथ र रेडिअन्ट भिड्ने

सिनियर ब्वाइज बास्केटबलमा जेनिथ र रेडिअन्ट पब्लिक उपाधिका लागि भिड्ने भएका छन् । जेनिथले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४२–३४ ले पराजित ग-यो । जेनिथको जितमा सुशिल शाहीले १६ अंक योगदान गरे । सुवास गौतमको २३ अंक सहयोगमा रेडिअन्टले ओएसिसलाई ५३–५१ को साँघुरो अन्तरले हरायो ।

गल्र्समा संस्कृति र काष्ठमण्डपले फाइनल यात्रा तय गरे । संकृतिले रातो बंगलामाथि १८–१६ को कठिन जित दर्ता ग¥यो । संस्कृतिकी ओमी मास्केले ९ स्कोर गरिन् । रेडिअन्ट विरुद्ध काष्ठमण्डप १२–११ को झीनो अन्तरले विजयी भयो । काष्ठमण्डपकी रिया राईले ६ अंक जोडिन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।