१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगको सदस्यमा राप्रपाबाट गीताभक्त जोशी नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. गीताभक्त जोशी नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बैठकबाट जोशी सदस्यमा नियुक्त भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक जोशीलाई सदस्यमा पठाएको हो ।

उनी राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यसमेत हुन् ।

यसअघि योजना आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए । सदस्यमा माओवादीबाट रामकुमार फुयाँल र एमालेबाट कुशेन्द्र महत, सुशील ज्ञवाली नियुक्त भइसकेका छन् ।