• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता, सकेको सहयोग गर्ने प्रतिवद्धता



फाईल फोटो

काठमाडौँ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले आज टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गर्नुभयो ।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तीमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गर्नुभयो ।

टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भुकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिनुहुँदै उहाँले लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सोमबार विहान टर्कीमा गएको ७ .८ म्याग्निच्युटको भुकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ ।