२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा



अ+ अ-

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ ।

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो ।

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नुहुनेछ । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चनाको गर्नुहुने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन समेत गर्नुहुनेछ । वि।सं १९२४ सालमा भोजपुरमा जन्मिनु भएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबँेसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण, गर्नुका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रसमेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्नुहुनेछ ।