२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी विजयी



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

दसौंदी नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन रहेका दसौंदीले ४ हजार २६ मतभार प्राप्त गर्दा कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता रहेकामा ३०४ जनाले मतदान गरेका थिए ।